वि.सं. २०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको उक्त पुरस्कार शनिबार एक समारोहबीच सुवेदीलाई (मनु उपन्यास) अर्पण गरिएको हो।
मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो।
मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ।
त्यस्तै, शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई यस वर्षको ‘पद्मश्री गौरव सम्मान’ अर्पण गरिएको छ।
त्यस्तै, ‘पद्मश्री साधना सम्मान’ बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल .(वात्स्यायन) लाई अर्पण गरिएको छ।
Shares
प्रतिक्रिया