ad ad

राजनीति


कांग्रेस अधिवेशन : अर्घाखाँचीका ६ पालिकामध्ये एउटामा मात्र देउवा पक्ष विजयी

कांग्रेस अधिवेशन : अर्घाखाँचीका ६ पालिकामध्ये एउटामा मात्र देउवा पक्ष विजयी

सुदीप भण्डारी
असोज ११, २०७८ सोमबार ४:४७, काठमाडौँ

अर्घाखाँचीमा सम्पन्न नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ। 

जिल्लाका ६ वटा पालिकामध्ये शीतगंगा नगरपालिकाबाहेक सबैमा देउवा इतर पक्षका उ्रम्मेदवार सभापति पदमा विजयी भएका हुन्। 

आइतबार भएको निर्वाचनमा शीतगंगा नगरपालिकामा देउवा पक्षका मोहन पन्थीले सभापति पदमा विजय हासिल गरेका हुन्।  उनले १ सय ४३ मत प्राप्त गरे। प्रतिस्पर्धी मोती बेलबासेले १ सय ६ मत ल्याए।

अर्घाखाँची कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माको गृहजिल्ला हो। दुवै केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। तर जिल्लामा शीतगंगाबाहेक शनिबार अधिवेशन भएका अरू ५ पालिकामा देउवा इतर पक्षकै उम्मेदवार सभापति चुनिएका हुन्। 

जसअनुसार सन्धिखर्क नगरपालिकामाबाबुराम भुसाल, भूमिकास्थान नगरपालिकामा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल सभापति भएका हुन्। 

उनीहरू चारै जना रामचन्द्र पौडेल पक्षका हुन्। यस्तै पाणिनी गाउँपालिकामा विजयी भएका तुलसी पौडेलले आफू कुनै समूहमा नरहेको जनाएका छन्। जिल्लाको पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .