ad ad

राजनीति


शंकर पोखरेलको कटाक्ष : ५ वर्षअगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन...

शंकर पोखरेलको कटाक्ष : ५ वर्षअगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन...

नेपालखबर
माघ ६, २०७८ बिहिबार १०:५०, काठमाडौँ

स्थानीय तहको चुनावभन्दा पहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने सत्ता गठबन्धनको प्रस्तावप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले कटाक्ष गरेका छन्। 

सत्तारुढ दलमध्ये नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने निचोड निकालेको खबर सार्वजनिक भएपछि एमाले महासचिव पोखरेलले विगतको प्रसंग जोडेर व्यंग्य गरेका हुन्। 

‘पाँच वर्षअगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे!’ 

तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दै अब चुनाव गर्नुपर्छ भन्दा अहिले सत्तामा रहेका दलहरूले प्रतिगमन भएको भन्दै आन्दोलन गरेका थिए भने उनीहरूकै निवेदनबमोजिम सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेको थियो। 

यो पनिपहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने सोचमा रहेको सत्ता गठबन्धनले आज के निर्णय गर्ला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .