ad ad

राजनीति


रवि लामिछानेको कार्यक्रममा सहभागी हुन सडकसम्मै लाइन

रवि लामिछानेको कार्यक्रममा सहभागी हुन सडकसम्मै लाइन

रवि लामिछानेको घोषणासभामा भाग लिन लाइन लागेका सर्वसाधारण। तस्बिर : रुपक चौलागाईं/नेपालखबर


विक्रम राई
असार ७, २०७९ मंगलबार १३:४, काठमाडौँ

टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आगामी यात्राबारे औपचारिक घोषणा गर्दैछन्। 

राजनीतिमा होमिने निर्णयपछि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले भित्र्याउन खोजिरहेका बेला उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेका हुन्। 

उनको घोषणा कार्यक्रम राष्ट्रियसभा गृहमा हुने भएपछि समर्थक र शुभेच्छुकहरु पुग्न थालेका छन्। 

राष्ट्रियसभा गृहस्थित कार्यक्रमस्थलमा प्रवेश गर्न मानिसहरुको लामो लाइन सडकसम्मै आइपुगेको छ। 

पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले दिउँसो १ बजे राजनीतिक यात्राबारे विस्तृत जानकारी दिँदैछन्।

राजनीतिमा नयाँ पुस्ताका रुपमा उदाउने योजनामा रहेका लामिछानेले टेलिभिजन छोडेकै दिन गत बिहीबार आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .