ad ad

राजनीति


समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो

नेपालखबर
मंसिर ११, २०७९ आइतबार २१:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा समानुपातिकतर्फ फेरि राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछि परेको छ। निर्वाचन आयोगले आइतबार राति साढे ९ अद्यावधिक गरेको जारी मतगणनाको परिणाममा माओवादीलाई स्वतन्त्रले उछिनेको छ। 

आयोगका अनुसार स्वतन्त्र पार्टी १० लाख ४८ हजार ९०३ मतसहित समानुपातिकतर्फ तेस्रो स्थानमा पुगेको छ। चौथो बनेको माओवादीको मत १० लाख ३७ हजार २२७ छ। 

पहिलो स्थानमा रहेको नेकपा एमालेले २४ लाख ७८ हजार ५४४ मत पाउँदा नेपाली कांग्रेस २३ लाख ५६ हजार १९० मतका साथ दोस्रो स्थानमा छ। 

पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत ५ लाख ३७ हजार ८०१ र जनता समाजवादी पार्टी (जसपा) को ३ लाख ९ हजार ५८६ देखिएको छ। 

जनमत पार्टी २ लाख ४३ हजार ८६७ र नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८५७ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टी २ लाख ३३ हजार ७७२ मतका साथ पछ्याइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .