नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्।
बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
नेपालले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए।
उनले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताए। आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यक्ताको पद लिने उनको तर्क थियो।
‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ', उनले भने, 'राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ मा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो। २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो। मैले अस्वीकार गरेको हो। त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो।’
अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताएका छन्।
Shares

प्रतिक्रिया