राजनीति


प्रधानन्यायाधीश सिफारिस गर्ने बालकोट बैठकको सहमति, संवैधानिक परिषद् बैठक बोलाइने

प्रधानन्यायाधीश सिफारिस गर्ने बालकोट बैठकको सहमति, संवैधानिक परिषद् बैठक बोलाइने

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८० सोमबार १२:९, काठमाडौँ

प्रमुख दलका शीर्ष नेताहरुबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठ बोलाउने सहमति भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको शीर्ष नेताहरुको बैठकले उक्त सहमति गरेको हो। 

बैठकपछि बालकोटमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष तहमा केही महत्वूर्ण सहमति भएको बताए। 

'दलहरुबीच केही महत्वपूर्ण सहमति भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक रहेका छन्', उनले भने, 'अब कन्फर्म प्रधानन्यायाधीश बनाउनुपर्छ। प्रधानमन्त्रीले यस विषयमा विशेष पहल गर्नुभयो।'

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्त सिफारिस गर्न तयार भएको पनि  बताए। 

'प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाक्ने बताउनु भएको छ। यही विषयमामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग उहाँले कुरा गर्नु भयो', उनले भने, 'संवैधानिक परिषद् बैठक डाक्ने र प्रधानन्यायाधीशबारे निर्णय लिने कुरामा दलहरु सहमत भएका छन्। प्रमुख प्रतिपक्षी नेताले पनि हुन्छ नियुक्त गरौँ भन्नु भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .