राजनीति


उथलपुथल भइरहने प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसद्‌मा प्रश्न

उथलपुथल भइरहने प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसद्‌मा प्रश्न

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:३६, काठमाडौँ

आफू बाचुन्जेल उथलपुथल भइरहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिबारे संसद्मा पनि प्रश्न उठेको छ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले यस्तो प्रश्न उठाएकी हुन्।

‘प्रधानमन्त्रीज्यूले म बाँचुन्जेल उलथपुथल गराइरहन्छु भन्ने भाषा सपथ ग्रहण गर्नुअघि नै लिनुभएको छ। यसले फेरि स्पष्ट मूल्यांकन गर्नेछ कि आगामी व्यवहार कस्तो हुनेछ भन्ने। जनताले बुझिसकेका छन्,’ उनले भनिन्।

५५ लाख युवाले विदेशमा पसिना बगाइरहेको भन्दै त्यसतफर्फ ध्यान दिनुपर्ने उनले बताइन्। ‘सरकारको मूल्यांकन प्रधानमन्त्री हुँदा हुँदैन, देशका जनताको अवस्था कतिको उकासिएको छ भन्नेले हुन्छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .