राजनीति


पूर्वराजा पोखरामा, राजावादीहरूले गरे स्वागत

पूर्वराजा पोखरामा, राजावादीहरूले गरे स्वागत

तस्बिर : सरोज अधिकारी


नेपालखबर
माघ २७, २०८१ आइतबार १७:५०, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। आइतबार समिट एयरको हेलिकोप्टरमार्फत् पोखराको पुरानो एयरपोर्ट झरेका उनलाई नेपाल प्राज्ञिक मञ्चका संयोजक,वरिष्ठ संस्कृतिविद् तथा नेपाल ऋषिको उपमा प्राप्त प्राज्ञ डा.जगमान गुरुङसहितका समर्थकहरूले भव्य स्वागत गरेका छन्। 

बाजागाजासहित पोखरा एयरपोर्ट पुगेका समर्थकहरुले पूर्वराजाकै उपस्थितिमा ‘राजा आऊ,देश बचाऊ’लगायतका नारा लगाएका थिए। 

प्रा.डा जगमान गुरुङका अनुसार आइतबार राजालाई स्वागतमात्र गरिएको हो। ‘राजासँग दोहारो संवाद भएन। मेरो कानमा गएर खासखुस गर्ने बानी छैन। स्वागतमा उपस्थित भएकाहरूलाई परिचय गराएँ,’उनले भने,‘मौका मिले आफ्ना कुरा राखौँला।’

राजाको स्वागतको लागि गुरुङकै संयोजकत्वमा १ हजार १ सय ११ जनाको समिति गठन गरिएको राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले जानकारी दिए। उनका अनुसार राजा दुई साता पोखरा नै बस्नेछन्। 

पोखराको रुपाकोट रिसोर्टमा रहँदा उनले शुभेच्छुकहरूसँग भलाकुसारी गर्नेछन्। त्यसपछि शक्तिपीठ र जिल्लाहरुको भ्रमण गर्ने पनि उनले बताए। राजा परिवारका सदस्यसहित पोखरा झरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad