नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन्।
आइतबार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै समाजवाद नबिर्सिएको बताएका हुन्।
उनले कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे।
‘कति साथीहरुले भन्नुहुन्छ, नेपाली कांग्रेसले समाजवाद बिर्सियो छोड्यो भनेर, होइन,' उनले भने, 'कुनै हाम्रै साथीहरुले बोल्नुभएको छ भने त्यसालाई इग्नोर गर्नुस्। कहिले कहीँ राजनीतिमा इग्नोर पनि गर्नुपर्छ,' उनले भने, 'तर नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका कुराहरुलाई हामीले छोडेका छैनौँ।’
240
Shares

प्रतिक्रिया