राजनीति


यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मा मागे माफी

यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मा मागे माफी

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८१ बुधबार ११:४०, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति संसद्‍मा क्षमायाचना गरेका छन्। 

तीन दिनअघि यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले आजको संसद् बैठकमा माफी मागेका हुन्।

प्रतिनिधि सभाको बैठकको सुरूमै बोल्नका लागि उनले नाम टिपाएका थिए। सभामुखले समय दिएपछि घिमिरेले यसअघि दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलको नभई आफ्नो निजी बिचार रहेको बताएका हुन्।

यही चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। उनको यो अभिव्यक्तिको संसद् भित्र र बाहिर व्यापक आलोचना भएको थियो। उनकै पार्टी कांग्रेसले पनि उनकाे आलाेचना गरेकाे थियाे।

आजको संसद् बैठकको सुरुमै बोल्दै घिमिरेले यो आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिएका हुन्। साथै उनले यो अभिव्यक्तिप्रति क्षमायाचना पनि गरेका छन्।

 ‘मैले व्यक्त गरेको धारणा एउटा सांसदकाे हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन। यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवम् अन्य जनसमुदायमासमेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु,’ बैठकमा घिमिरेले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad