राजनीति


पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बस्छन्: सांसद बराली

पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बस्छन्: सांसद बराली

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १२:५३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका प्रदेशसभा सदस्य प्रधानमन्त्रीसँगै मञ्चमा देखिएको विषयमा प्रश्न उठाएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालीले प्रहरीले भेट नभएको भनिरहेका सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासनको नमुना भएको भन्दै व्यंग्य गरेका हुन्।  

'सुशासनको ठेक्का लिएको सरकार छ। पक्राउ पुर्जी जारी भएको आफ्नै सांसद छन्। प्रहरी प्रशासन जाँदा भेट नभएको जानकारी आउँछ,' उनले भने, 'प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बस्ने। सुशासनको कुन चाहिँ नमुना हो ?'

सोमबारमात्रै लुम्बिनीमा बुद्ध जयन्तको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केपी शर्मा ओली थिए। उक्त कार्यक्रममा पन्थी पनि थिए। 

पन्थीविरुद्ध ०८१ जेठमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो। तर, उनी अझै पक्राउ परेका छैनन्। 

विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट पाल्पाको सिस्नेस्थित एक हाइड्रोपावर कम्पनीका लागि सामान खरिद गरेर पैसा चुक्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पुर्जी लिएर पन्थीलाई पक्राउका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्र पठाएको थियो। 

कपिलवस्तु वाणगंगा नगरपालिका राजपुरका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad