राजनीति


गृहमन्त्रीले राजीनामा दिनु नै नैतिकवान हुन्छ: सुनील शर्मा

गृहमन्त्रीले राजीनामा दिनु नै नैतिकवान हुन्छ: सुनील शर्मा

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १८:८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु बुद्धिमानी हुने टिप्पणी गरेका छन्। मंगलबार (जेठ १३) संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले सदनमै स्वतन्त्र छानबिनको माग उठाइएकाले गृहमन्त्रीले मार्गप्रशस्त गर्नु नै बुद्धिमानी हुने बताएका हुन्।

'स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ। मलाई लाग्छ, बेलुकासम्म केही आउला। नआए दुई/चार दिनभित्र आउला, किनभने १५ गते बजेट भाषण छ,' उनले भने, 'बुद्धिमानी कुरा र नैतिकवान् कुराचाहिँ राजीनामा दिनु नै हुन्छ।'

पार्टी पदाधिकारी बैठकबाट गरिएका निर्णय स्वागतयोग्य भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको उनले उल्लेख गरे। 'पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ,” उनले भने, “यद्यपि, हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ।'

बजेट भाषणअघि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने उनको भनाइ थियो।

राजनीतिमा नैतिकता प्रदर्शन गर्ने विषय स्वयं नेतामा भर पर्ने उनले बताए। हालको अवस्थामा गृहमन्त्रीले मार्गप्रशस्त गर्नु नै नैतिकवान् र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहोर्‍याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad