राजनीति


गृहमन्त्रीको राजीनामाबारे एमाले मुख्य सचेतक– धान काट्ने मुसा, दोष पाउने भ्यागुता

गृहमन्त्रीको राजीनामाबारे एमाले मुख्य सचेतक– धान काट्ने मुसा, दोष पाउने भ्यागुता

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १८:११, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गरेका छन्। 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले कर्मचारीहरुमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने जिकिर गरे। 

प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप लगाए। 

‘पटक–पटक सरमार बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद् अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो,’ बर्तौलाले भने, ‘यो एकदमै दुःखद् कुरा छ। किनभने कर्मचारीहरुमाथि विगतमा धेरै अध्ययन अनुसन्धान भएका छन्। कारबाहीको तहमा पनि पुगेका छन्।’

उनले थपे, ‘हरेक कर्मचारीहरु नियन्त्रणमा रहेका, अनुसन्धानको दायरामा रहेका कर्मचारीहरुको सन्दर्भलाई जोडेर मन्त्रीहरुको राजीनामा माग्ने, मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने कार्यको निरन्तरता गर्न हामीले खोजेका हौँ भने हरेक एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुन्छ। त्यसकारण जहाँ समस्या छ त्यही हिट गरौँ। धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्ति ल्याएर हामी जान हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad