राजनीति


माइक र नेम प्लेट प्रहार प्रकरणमा दुई सांसदबीच सहमति

माइक र नेम प्लेट प्रहार प्रकरणमा दुई सांसदबीच सहमति

किरणकुमार साह र कल्पना मियाँ कुसारी


नेपालखबर
जेठ १४, २०८२ बुधबार १२:५९, काठमाडौँ

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साह र त्यही समितिकी सदस्य कल्पना मियाँ कुसारीबीच सहमति भएको छ। 

गत ७ गतेको बैठकमा समिति सभापति साहले व्यक्तिगत कुरा गरेपछि सांसद कुसारीले उनीमाथि माइक र नेम प्लेट प्रहार गरेकी थिइन्। सभामुख देवराज घिमिरेको रोहबरमा मंगलबार छलफल भएपछि उनीहरुबीच सहमति भएको हो। 

समिति सभापति साहले आफूहरु दुवै पक्षले गल्ती भएको महसुस गरेपछि अबका दिनमा यस्ता घटना नदोहोर्‍याउने सहमति भएको नेपालखबरलाई बताए।

‘उहाँले पनि अनुमति नदिएर बोल्नुभयो र अभद्र व्यवहार गर्नुभयो,’ उनले भने, ‘मैले पनि त्यस्तो व्यक्तिगत कुरा गर्नुहुँदैन्थ्यो भन्ने महसुस गरेँ। दुवै पक्षले गल्ती भएको महसुस गरेपछि सहमति भययो।’

सभामुख घिमिरेले पनि यस्तो घटना अब नदोहोर्‍याउन र अब मिलेर काम गर्न सेचत गराएका थिए। ‘सम्माननीयज्यूले पनि अब यस्तो अब यस्तो काम नहोस्। मिलेर काम गर्नुहोस् भन्नुभयो। हामीले शिरोधार्य गर्‍यौँ।’

सांसद मियाँले पनि त्यस्तो ठूलो कुनै घटना नभएको र अब मिलेर जाने  कुरामा पनि कुनै समस्या नभएको बताइन्। ‘पहिले पनि त्यस्तो केही कुरा थिएन,’ मियाँले भनिन्, ‘अब पनि त्यस्तो कुनै समस्या छैन।’

यसअघि उनले सभापति साहसँग एउटै समतिमा रहेर काम नगर्न नसकिने बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad