नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन्।
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी गरी अगाडी बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिए।
उनले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गरे। उनले संसद् बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्ने बताए।
उनले विधेयकलाई महत्वपूर्ण ठानेर छलफलका कार्यक्रमहरू समेत अगाडि बढाउन आग्रह गरे।
Shares

प्रतिक्रिया