राजनीति


ओली र भण्डारीबीच एमाले पार्टी कार्यालयमा आज भेटवार्ता

ओली र भण्डारीबीच एमाले पार्टी कार्यालयमा आज भेटवार्ता

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:१, काठमाडौँ

नेकपा एमाले अध्यक्ष केपी र्शमा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेट हुने भएको छ। 

उनीहरुबीच आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट हुने भएको हो।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए। 

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। 

५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने 'म्यान्डेट' अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्। 

यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad