राजनीति


सभामुख र पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलबीच सिंहदरबारमा शिष्टाचार भेट

सभामुख र पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलबीच सिंहदरबारमा शिष्टाचार भेट

नेपालखबर
भदौ ४, २०८२ बुधबार १२:१, काठमाडौँ

नेपाल भ्रमणमा रहेको पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलले आज (बुधबार) बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग सिंहदरबारमा भेट गरेको छ। 

काठमाडौँमा जारी द हिन्दु कुश हिमालय पार्लियामेन्टेरियन्स मिट-२०२५ मा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलले सभामुख घिमिरेसँग शिष्टाचार भेट गरेको हो। 

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरे। 

भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे।

प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दु कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफल रूपमा सम्पन्न गरेको भन्दै धन्यवाद दिए।

नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad