राजनीति


विधान महाधिवेशनमा ओलीको प्रस्ताव- नेपाली विशेषताअनुसारको समाजवाद

विधान महाधिवेशनमा ओलीको प्रस्ताव- नेपाली विशेषताअनुसारको समाजवाद

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १४:३७, काठमाडौँ

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको विशेषताअनुरूप समाजवादी राज्यप्रणालीसम्बन्धी प्रस्ताव अघि सारेका छन्। 

उनले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवाली वाचन गर्दै छन्।

राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलेली नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ, ‘नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइनेछ। एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रबद्र्धन गरिने छ।’

नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नविन व्याख्या गरिएको छ।

नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई अघि सारिएको छ।

अध्यक्ष ओलीलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो– यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरुलाई आत्सात् गर्नेछ। संविधानको सर्वोच्चता, विधिको शासन, मनाव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरू राज्यसञ्चालनका अभिन्न विषय हुनेछन्। दलहरूको बीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ। जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुरा प्रत्याभूत गरिनेछ।’

प्रतिवेदनमा वर्ग संरचना खण्डअन्तर्गत निम्न वर्ग, मध्यम वर्ग,  उच्च वर्गलाई चित्रण गरिएको छ। जसमा निम्न वर्गको आर्थिक आय प्रायः रु. १.५ लाखभन्दा कम भएको, मध्यम वर्गमा वार्षिक आय करिब रु. १.५–५ लाख हुने, उच्च वर्गमा वार्षिक आय रु. ५ लाखभन्दा माथि भएकालाई आधार मानिएको छ।

जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सीमान्त किसान र न्यून आय वर्गका बढी देखाइको छ। सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ। जस अनुसार औसत गरिबी दर २० दशमलब ३ प्रतिशत दलितमा र त्यो ३० प्रतिशत भन्दा बढी रहेको छ। 

त्यसैगरी मानव विकास सूचाङ्कमा पनि जातीय विवेद देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ। २००४ मा मानव विकास सूचाङ्क बाहुन-क्षेत्रीमा ०.५५२ र नेवारमा ०.४२४ र मुसिल्ममा ०.४०१ मात्र थियो। यी तथ्यले गरिबी घट्ने दरमा पनि असमानता देखाएको छ। बाहुन क्षेत्रीमा ४६ प्रतिशत र दलितमा २१ प्रतिशत र मुस्लिममा ६ प्रतिशत मात्र रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad