नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको बन्द सत्र जारी छ। बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन वाचन भइरहेको छ। प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गरिरहेका छन्।
प्रतिवेदनमा ओलीले कम्युनिस्ट आन्दोलन र समाजवादी प्रणालीका अनुभवलाई ध्यानमा राख्दै कम्युनिस्ट पार्टीलाई निरन्तर जनताको बीचमा स्थापित गर्ने उल्लेख गरेका छन्।
त्यस्तै जनताको साथीको रुपमा चित्रण गर्दै राज्यको नेतृत्व गर्दा भ्रष्टाचार, नोकरशाही जोखिमबाट बचाउन निरन्तर शुद्धीकरण गरिरहने पनि उनले भनेका छन्।
51
Shares

प्रतिक्रिया