राजनीति


प्रधानमन्त्री कार्कीले भनिन्: दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार प्रस्ट छ

प्रधानमन्त्री कार्कीले भनिन्: दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार प्रस्ट छ

नेपालखबर
असोज २४, २०८२ शुक्रबार २०:५७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन्।

शुक्रबार साँझ राष्ट्रपतिको उपस्थितीमा भएको सर्वदलीय छलफलपछि प्रधानमन्त्रीले दलहरूको सहभागिताबिना निर्वाचन नहुने कुरामा सरकार स्पष्ट जानकार रहेको बताइन्। 

सामाजिक सञ्जाल एक्समा उले लेखेकी छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहितको सर्वदलीय बैठक बस्यो। दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको छ। स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्नेछ।’

यसअघि राष्ट्रपतिले आह्वान गरेको बैठकमा समेत सहभागी राजनीतिक दलका नेताहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन आग्रह गरेका थिए।

प्रतिउत्तरमा प्रधानमन्त्री कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ भनिन्। 

उनले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाएकी थिइन्। 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad