नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताएका छन्।
आइतबार सम्पादकहरुसँगको संवादमा बोल्दै उनले आफूले गर्दै नगरेको भनेर दाहालले झुट बोलेको दाबी गरे। ‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन,’ ओलीले भने, ‘अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो। केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर।’
यद्यपि, राष्ट्रपतिले उपयुक्त निकास निकाल्न सिफारिस गर्नुहोस् भनेपछि आफूले सिफारिस भने गरेको ओलीको भनाइ छ। ‘मलाई उपयुक्त निकास निकाल्न तपाईहरूले सिफारिस गर्दिन्स् भनेर राष्ट्रपतिले भन्नुभयो,’ उनले भने।
यस्तो छ ओलीको भनाइ :
राष्ट्रपतिजीले मलाई भन्नु भएको हो। केयर टेकर (कामचलाउन) प्रधानमन्त्रीको सिफारिस बिना, कसैको सिफारिस बिना राष्ट्रतिले काम गर्न गाह्रो हुन्छ। त्यसकारण मलाई उपयुक्त निकास निकाल्नका लागि तपाईंले सिफारिस गरिदिनुहोस्। हुन्छ भने मैले।
जटिल अवस्थामा मैले सिफारिस गरिदिनु बान्छनीय हुन्छ भनेर मेरो सिफारिसको भाषा क्यामेराहरुमा रेर्कडेड छ। नोट गर्नु भए पनि हुन्छ। मेरो सिफारिसको भाषा के छ भने वर्तमान असामान्य र असाधरण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान, लोकतान्त्रिक र शान्तिपूर्ण अवस्थामा फर्काउनुपर्ने अवाश्यता भएकाले र यस्तो समाधान लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको संविधान भित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु।
यसमा सुशीला कार्की सुन्नु भयो कतै? मैले लेखेको यत्ति हो। यसमा सुशीला कार्की भन्ने या अरु कोही भन्ने कतै छैन।
संविधान र संसद् चलाउनु हुँदैन भन्ने कुरामा सम्मानीय राष्ट्रपतिज्यू, म काम चलाउ प्रधानमन्त्री प्रधानसेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव त्यो थियो। उहाँहरू दुवै जनाले त्यसलाई स्वीकार गर्नु भएको थियो। र, यो सहमतिका साथ मैले त्यो सिफारिस त्यस भाषामा गरेको थिएँ।
मसँग प्रति छैन, परेका बेला प्रति त निस्किहाल्छ नि।
Shares

प्रतिक्रिया