राजनीति


जलेको घर हेरेपछि ओली- नेपालविरुद्धको योजनाबद्ध षड्यन्त्र

जलेको घर हेरेपछि ओली- नेपालविरुद्धको योजनाबद्ध षड्यन्त्र

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १३:२२, काठमाडौँ

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडलाई ‘नेपालविरुद्धको योजनाबद्ध षड्यन्त्र’ भनेका छन्।

भक्तपुरस्थित बालकोटमा आन्दोलनपछि जलेको घरको अवलोकन गरेपछि ओलीले भने, ‘खास गरेर सरकारले निजी सम्पत्ति लुटपाट गर्‍यो, विभिन्न ठाउँमा मुद्दा- मामिला र मिसिल जलाइए। सिंहदरबारमा ऐतिहासिक दस्तावेज नष्ट गरियो। यो कुनै सामान्य घटना थिएन, यो नेपालविरुद्धको भयानक षड्यन्त्र थियो।’

उनका अनुसार आन्दोलनको नाममा उद्योग, प्रतिष्ठान, कलकारखाना, व्यवसाय र केबलकारसमेत जलाइएका थिए। ‘हुँदा हुँदा स्कुल, कलेज र शिक्षाका मन्दिर जलाइए। बालबालिकालाई खुलेआम दुरुपयोग गरियो,’ उनले भने।

ओलीले आगजनी र लुटमार योजनाबद्ध ढंगले भएको दाबी गर्दै थपे, ‘लुटमार गर्नेहरू बाहिरका होइनन्, यतैका हुन्-छिमेकी र चिनिएका अनुहारहरू। तर अहिलेसम्म सरकारले उनीहरूविरुद्ध कुनै कारबाही गरेको छैन।’

उनले गृहमन्त्रीलाई तत्काल दोषीमाथि कारबाही गर्न निर्देशन दिन आग्रह पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad