राजनीति


आज दुई मन्त्रीको मात्रै शपथ हुने, खगेन्द्र र गणपतिलालको रोकियो

आज दुई मन्त्रीको मात्रै शपथ हुने, खगेन्द्र र गणपतिलालको रोकियो

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १४:३०, काठमाडौँ

सुशीला कार्की नेतृत्वको सरकारले आज पनि पूर्णता नपाउने भएको छ। आज ४ मन्त्रीको शपथ हुने भनिए पनि अन्तिम समयमा आएर २ जनाको मात्रै शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ। 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिने छन्।  

अरु दुई जनामा खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ थिए। सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा भएपछि प्रधानमन्त्रीले उनको नाम फिर्ता लिएको बालुवाटार स्रोतले जनाएको छ। श्रेष्ठको शपथ रोकिएको विषयमा भने बालुवाटारले कारण खुलाएको छैन।  

सुनारको विषयमा प्रधानमन्त्री कार्कीले केहीबेरअघि केही मन्त्रीहरूसँग छलफल गरेकी थिइन्। स्रोतका अनुसार श्रेष्ठले पर्यटनबाहेक मन्त्रालयको जिम्मेवारी नलिने बताएका छन्।

यसअघि उनलाई पर्यटन मन्त्री बनाउने गरी कार्कीले सिफारिस गरेकी थिइन्। तर, अन्तिममा भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad