राजनीति


दुर्गा प्रसाईंले काठमाडौँका सीडीओमार्फत सरकारलाई पठाए वार्ता गर्न चाहेको पत्र

दुर्गा प्रसाईंले काठमाडौँका सीडीओमार्फत सरकारलाई पठाए वार्ता गर्न चाहेको पत्र

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १८:३७, काठमाडौँ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू सरकारसँग वार्तामा बस्न तयार रहेको पत्र बुझाएका छन्। आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलका क्रममा उनले गृहमन्त्रालयसँग वार्तामा बस्न आफू तयार रहेको भन्दै पत्र बुझाएका हुन्। 

यसअघि गृहमन्त्रालयले आन्दोलनरत प्रसाईंसहित विभिन्न समूहलाई वार्ताबाटै समाधान खोज्न आह्वान गरेको थियो। आइतबारका छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईं आन्दोलनमा गए आफ्नै लागि घातक हुन सक्ने भन्दै सुझाएका थिए।  

'जायज मागहरू सुनुवाइ गर्न नेपाल सरकारले वार्ताको ढोका खुला गरिसकेको छ,' पौडेलले नेपालखबरसँग भने, 'आन्दोलनका विषयमा पुनर्विचार गर्नुस्, अहिलेको परिवेश अझै पनि जोखिम छ, तपाईंकै ज्यानको पनि जोखिम हुन सक्छ। तपाईंको सुरक्षा,समाजको सुरक्षाका लागि, शान्ति अमनचैनका लागि र सामान्य अवस्थामा फर्किनका लागि आन्दोलन जरुरी छैन नगर्नुस् भनेर हामीले कुरा गरेका छौँ।'

लगत्तै प्रसाईंले पनि तत्कालका लागि कुनै पनि कार्यक्रम नभएको जानकारी गराए। सरकारले जिम्मेवार ढंगले वार्ताका लागि आह्वान गरेको भनेर बैठकमै प्रसाईं आफैँले भनेका थिए। 

'उहाँले म वार्तामा बस्न चाहेको भन्ने आसयको पत्र दिनु भएको छ। यो पत्र हामीले गृहमन्त्रालय पुर्‍याउँछौँ' प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

यसअघि प्रसाईंले चेतावनीपूर्ण दिँदै आएका अभिव्यक्ति र सामाजिक सञ्जालको पोस्टको विषयमा पनि प्रमुख जिल्ला अधिकारीहरूले चासो राखेका थिए।  

तर, प्रसाईंले अहिले तत्काल आन्दोलन थालिहाल्ने पक्षमा आफू नरहेको जवाफ दिएका थिए। प्रसाईंले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad