नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिबार बिहान ११ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमा बस्ने छ।
उनले बैठकमा दुईवटा मात्रै एजेन्डा रहेको नेपालखबरलाई बताए। ‘भोलि दुईवटा मात्रै कार्यसूची छन्,’ गौतमले भने, ‘पहिलो कार्यसूची महाधिवेशनको तयारी। त्यसले कार्यतालिका प्रस्तुत गर्छ। दोस्रो, जन परिचालनको कार्यक्रम तय गर्नेबारे छ।’
एमालेले ११ महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा हुनेछ।
12
Shares

प्रतिक्रिया