गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष दिनेश प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरे।
यस पार्टीमा बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहित जोडिएका छन्। पार्टीका अध्यक्ष प्रसाईंले आफ्नो पार्टीले मुलुकमा रोजगारी सिर्जनाको विषयलाई मुख्य एजेन्डा बनाएको बताए।
'हामी व्यापारिक व्यावसायिक मात्रै होइनौँ। म आफैँले पनि त्रिभुवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र पढाएको १५ वर्ष भइसक्यो। सबभन्दा पहिला हामी यो देशका नागरिक हौँ। यो देशको भविष्य नागरिकहरूले मिलेर बनाउने हो। यो देश हामी सबैको हो। र, हामी सबै मिलेर यो देश बनाउने हो,' प्रसाईंले भने।
उनले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरू लागिपर्ने बताए।
'अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेन्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने हिसाबले चिन्तित भएर विगत दुई वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौँ,' उनले भने, 'त्यसमा पर्यटन, कृषि, आईटी, शिक्षा, स्वास्थ्यको बारेमा घनिभूत छलफल गरेर हामीले पार्टी दर्ता गरेका छौँ।'
Shares

प्रतिक्रिया