राजनीति


भूमिमन्त्रीको प्रतिवद्धता: किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता

भूमिमन्त्रीको प्रतिवद्धता: किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १८:७, काठमाडौँ

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गरेका छन्।

उनलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए।

पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भने। 

‘नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ’ उनले भने।

मन्त्री कुमार इङ्नाम प्राध्यापक हुन्। काठमाडौं स्कूल अफ लका क्याम्पस प्रमुख उनी अन्तर्राष्ट्रिय व्यापार कानुनका विज्ञ मानिन्छन्।

अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता, विश्व व्यापार संगठन कानुन, वित्तिय अपराध कानुनमा विशेषज्ञता हाँसिल गरेका उनले डब्लुटिओको कानुनी पक्ष समेटेर पुस्तक पनि लेखेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad