राजनीति


रवि लामिछानेले भने- सरकारले ‘म एक्लै छु’ भन्नु पर्दैन, रास्वपा पनि सँगै छ

ओलीलक्षित टिप्पणी- भागेका केही शक्तिहरू निर्वाचन विथोल्न लागिपरेका छन्
रवि लामिछानेले भने- सरकारले ‘म एक्लै छु’ भन्नु पर्दैन, रास्वपा पनि सँगै छ

नेपालखबर
पुस ६, २०८२ आइतबार १६:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारसँग रहेको बताएका छन्। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि पहिलोपटक आइतबार पार्टी कार्यालय पुगेका उनले उक्त समर्थन निशर्त नभएको स्पष्ट पारे।

‘हामीले सरकारलाई भनेका छौँ-जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले ‘म एक्लै छु’ भन्नु पर्दैन, रास्वपा पनि सँगै छ,’ उनले भने, ‘तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो समर्थन निशर्त होइन। जेनजी विद्रोहमा हाम्रा दाजुभाइले ज्यान गुमाएका छन्, त्यो बिर्सन पाइँदैन। त्यससँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ।’

उनले अहिले निर्वाचनमा जानुको विकल्प नै नरहेको समेत बताए। ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन। जेनजी विद्रोहले गरेका अपेक्षा पूरा गर्नुको पनि विकल्प छैन,’ लामिछानेले भने।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै उनले केही शक्तिहरू निर्वाचन विथोल्न लागेको आरोप लगाए। ‘निर्वाचन विथोल्नका निमित्त भागेका केही शक्तिहरू लागिपरेका छन्,’ उनले भने, ‘त्यस्तो गर्न जरुरी छैन। पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भइहाल्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad