प्रतिनिधिसभा सदस्यको लागि बिहीबार भएको निर्वाचनको मत गणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले धेरै ठाउँमा अग्रता लिएका छन।
देशभर ५५ क्षेत्रको गणना जारी रहँदा रास्वपा ४४ क्षेत्रमा अगाडि छ। चितवन १ बाट अघिल्लो चुनाव जितेका हरि ढकालबाहेक अन्य ७ जना उम्मेदवारले अग्रता लिएका छन्।
काठमाडौँ क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।
यस्तै, सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ मा, उपसभापति स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १मा पनि अन्य उम्मेदवार भन्दा अगाडि छन्।
चितवन ३ मा सोविता गौतम र ललितपुर ३ मा तोषिमा कार्कीको अग्रता छ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार चितवन १ मा रास्वपाका हरि ढकाल मात्र पछि परेका छन्। सो क्षेत्रमा अहिलेसम्म एमालेले अग्रता बनाएको छ।
Shares

प्रतिक्रिया