ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा. तोसिमा कार्कीले ठूलो अग्रता लिएकी छिन्। शुक्रबार साँझ ६:३० बजेसम्मको मतपरिणाम अनुसार कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछाडि पारेकी हुन्।
डा.कार्कीले १४ हजार २८५ पाएर अग्रता लिइरहेकी हुन्। नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले २ हजार ७०४ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राज काजी महर्जनले २ हजार ५४९ मत पाएका छन्। मत गणना जारी छ।
-सच्याइएकाे
357
Shares

प्रतिक्रिया