राजनीति


यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

नेपालखबर
चैत २, २०८२ सोमबार १८:४१, काठमाडौँ

निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। 

प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए। त्यसकै आधारमा आज निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो। 

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। 

त्यसका लागि समानुपातिकतर्फ निर्वाचित भएका सांसदले चैत ३ गते कार्यालय समयभित्र सक्कलै नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटा बुझाउनुपर्नेछ। आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा कागजात बुझाउन भनेको छ। 

समानुपातिक सांसदको नामावली:


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad