संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बिहीबार पनि बैठक बस्ने भएको छ।
सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बिहीबार बिहान साढे ११ बजे विपक्षी दलको बैठक बोलाइएको छ। बुधबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो।
बुधबारको बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ। सरकारले पठाएका अध्यादेश जारी नगर्न विपक्षी दलले राष्ट्रपतिलाई अनुरोध गरेका छन्।
थप विषयमा छलफल गर्न बिहीबार पनि विपक्षी दलको बैठक बस्ने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
बिहीबारको बैठकमा सुकुम्बासी बस्तीमा डोजर चलाएको, नेपाली सेनाले लागत संकलन गरिरहेको र बजेट निर्माणका विषयमा छलफल हुने जनाइएको छ।
192
Shares

प्रतिक्रिया