राजनीति


प्रधानन्यायाधीशका लागि शर्माको सिफारिसमा दाहाल र आङदेम्बेको असहमति

प्रधानन्यायाधीशका लागि शर्माको सिफारिसमा दाहाल र आङदेम्बेको असहमति

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार २०:०, काठमाडौँ

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्दा दुई जना सदस्यले असहमति जनाएका छन्। 

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले चौथो वरियताका शर्माको नाम प्रस्ताव गरेका थिए। त्यसमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले असहमति जनाएका हुन्। 

प्रधानमन्त्री शाहले शर्माको नाम लिएपछि विपक्षी दलहरूले असहमति दर्ज गरेको बैठकमा सहभागी एक सदस्यले नेपालखबरलाई बताए। ‘विधि र परम्पराअनुसार नै जाऔँ। अहिलेसम्मको अभ्यास पनि हेरौँ भनेर भनेका थियौँ,’ ती सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूले शर्माकै नाम अगाडि सारेपछि हामीले असहमति दर्ज गरेका छौँ।’

उनीहरूले विधि र स्थापित परम्परा तर्क राख्दा प्रधानमन्त्री शाहले क्षमता र योग्यताका आधारमा शर्मा नै उपयुक्त पात्र भएको तर्क गरेको ती सदस्यको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad