नेकपा (एमाले) ले राष्ट्रिय सभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।
शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन्। उनी कोसी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन्।
झापाको मेचीनगर नगरपालिका-१२ की मेचेले लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गरेकी थिइन्।
189
Shares

प्रतिक्रिया