राजनीति


जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस

जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस

नेपालखबर
जेठ १३, २०८३ बुधबार १६:२१, काठमाडौँ

पूर्वन्यायाधीश एवम् जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ। 

आयोगले आफ्नो छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बुधबार सरकारलाई यस्तो सिफारिस गरेको हो। कार्कीले जेन्जी आन्दोलनलाई समर्थन गरेको आयोगको ठहर छ। 

आयोगले कार्कीको पनि जेनजी आन्दोलनमा सहभागिता हुन सक्ने औँल्याएको छ। प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जालबाट देखिएको आयोगको ठहर छ। 

राष्ट्रिय अनुसन्धान विभागले पनि उनीसहितका व्यक्तिहरू प्रदर्शनमा सहभागी हुन सक्ने भनि संकलन गरेको प्रतिवेदनमा उल्लेख छ।

आन्दोलनमा मानवीय र भौतिक क्षतिहरूमा उनीसहितको संलग्नता रहे वा नरहेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए वा नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनुवाईको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको छ। 

तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले गठन गरेको जेनजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्षमा कार्कीलाई नियुक्त गरेकी थिइन्। 

कार्कीले त्यतिबेला सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण उनले निस्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै सर्वोच्चमा पनि रिट परेको थियो। 

सर्वोच्च अदालतले समेत यस विषयमा कार्कीको ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad