राजनीति


सांसद भुषालको पश्नः सत्तारुढ दलले नै कानुन मिचेर पार्टी कार्यालय चलाउने?

सांसद भुषालको पश्नः सत्तारुढ दलले नै कानुन मिचेर पार्टी कार्यालय चलाउने?

नेपालखबर
साउन २१, २०७६ मंगलबार ८:३०,

सत्तारुढ नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय सार्वजनिक जग्गामा रहेको विषयले संसदमा प्रवेश पाएको छ।

मंगलबार बसको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले सार्वजनिक जग्गामा सत्तारुढ दलले पार्टी कार्यालय सञ्चालन गरेर ‘अरुलाई ऐन सत्तापक्षलाई चैन’ गरिएको बताइन्। तत्कालिन नेकपा (एमाले) ले बल्खुस्थित कार्यालय भूकम्पले भत्किएपछि ‘पासाङ ल्हामू प्रतिष्ठान’सँग धुम्बाराहीको सो घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ।

‘नेकपाले नियम कानुन मिचेर नेकपाको पार्टी कार्यालय सञ्चालन गरेको कुरा आवाज उठेको छ’, भुषालले भनिन्, ‘सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु। कांग्रेसको प्रतिष्ठाको चिन्ता नलिउँ। नियम मिचेर सार्वजनिक जग्गा भोगाधिकार गरेकोमा प्रतिष्ठानको चिन्ता गरौँ।’

मंगलबार कान्तिपुर दैनिकले नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालय सार्वजनिक जग्गामा रहेको समाचार प्रकाशित गरेको थियो। सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति अनुसार कुनै पनि संस्थाले सरकारसँग लिजमा लिएको जग्गा तेस्रो पक्षलाई उपलब्ध गराउन पाउँदैन।

पर्वतारोहण प्रतिष्ठानको ३ रोपनी ७ आना २ पैसा जग्गामा बनेको संरचनासहित सत्तारुढ नेकपालाई पार्टी कार्यालय सञ्चालनका लागि प्रतिष्ठानले भाडामा दिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad