राजनीति


जम्मु–कस्मिरको विषयलाई लिएर मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने

जम्मु–कस्मिरको विषयलाई लिएर मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालखबर
साउन २३, २०७६ बिहिबार ५:१७,

जम्मु–कस्मिरको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

संविधानको धारा ३७० अनुसार जम्मु–कास्मिरले पाउँदै आएको छुट्टै राज्यको अधिकार हटाएपछि मोदीले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

 प्रधानमन्त्री मोदीले आज (बिहीबार) अपरान्ह ४ बजे सम्बोधन गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सोमबार भारत सरकारले संविधानको धारा ३७० अनुसरा छुट्टै राज्इको मान्यता हटाइ केन्द्र शासित प्रदेशका रुपमा रहने व्यवस्था गरेको थियो। मोदीले संसदमार्फत हुने

 बुधबार राष्ट्रपति रामनाथ कोविदले जम्मु–कस्मिरलार्य दिइँदै आएको विशेष राज्यको मान्यता दिने धारा ३७० खारेज गर्न मन्जुरी दिएका छन्। यसअगाडि जम्मु–कस्मिर राज्यलाई केन्दै शासित दुई प्रदेश (जम्मु–कस्मिर र लद्दाख) मा विभाजन गर्ने र धारा ३७० को प्रावधान हटाउनेसम्बन्धी विधेयक केन्द्र सरकारका दुवै सदनमा बहुमतबाट पारित गरिएको थियो।

राष्ट्रपतिबाट अनुमोदन भएपछि अब यो विधेयक कानूनी रुपमै लागू गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad