जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले विधान संशोधनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ।
शुक्रबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि दुई सदस्यीय कार्यदल बनाएको एक नेताले बताए।
उक्त कार्यदलमा अनिल झा र रामसहाय प्रसाद यादव रहेका छन्।
संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पाटीबीच एकता भए पनि संसदीय दलमा भने एकता भएको थिएन्। सोही एकतालाई टुंगो लगाउनका लागि विधान संशोधन कार्यदल बनाइएको हो।
संसदीय दलको एकता नटुंगिँदा जसपाले अहिलेसम्म दलको नेता छनौट गर्न सकेको छैन।
3
Shares

प्रतिक्रिया