राजनीति


सरकार गठनको प्रक्रिया नै गलत : अधिवक्ता आचार्य

सरकार गठनको प्रक्रिया नै गलत : अधिवक्ता आचार्य

नेपालखबर
असार १३, २०७८ आइतबार ७:२९,

अधिवक्ता डा. भीमार्जुन आचार्यले सरकार गठनको प्रक्रियामाथि नै प्रश्न उठाएका छन्।

आइतबार रिट निवेदकको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिले अहिलेको अवस्थामा वैकल्पिक सरकार गठनको प्रक्रिया थाल्नु नै गलत भएको बताए।

अहिले प्रधानमन्त्री पद रिक्त नरहेको र तीन अवस्थामा मात्रै प्रधानमन्त्री रिक्त हुन सक्ने आचार्यले बताए।

‘प्रधानमन्त्रीले ७६ (३) मा नियुक्त भएपछि विश्वासको मत नपाए, राजीनामा दिए वा मृत्यु भएमा बाहेक प्रधानमन्त्री रिक्त हुने व्यवस्था संविधानमा छैन, अनि कसरी अर्को प्रधानमन्त्री नियुक्तीको प्रक्रिया सुरु गर्न मिल्छ?’, आचार्यले भने।

एउटै व्यक्तिले संविधानका हरेक व्यवस्था अनुसार एउटै कार्यकालमा प्रधानमन्त्री बन्न नमिल्ने पनि उनले बहसका क्रममा बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad