वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। क्यान्सर रोगबाट पीडित अध्यक्ष शाहीको मंगलबार निधन भएको हाे।
काठमाडौँको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा सुर्खेतकाे भेरीगंगा नगरपालिका–५, हर्रेनजिकै बिहान ११:३० बजे उनको मृत्यु भएको हो।
उनी विगत एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। शाहीलाई पछिल्लो समयमा निमोनियाले पनि च्यापेको आफन्तकाे भनाइ छ।
यस्तै, वडाध्यक्ष शाहीको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले उनको निधनमा शोक मनाउँदै बुधबार बिदा दिने निर्णय गरेको छ।
लोकबहादुर शाही २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
297
Shares

प्रतिक्रिया