समाज


समतामा शंकास्पद मृत्यु: उत्तम सञ्जेल पत्नीसहित तीनविरुद्ध कर्तब्य ज्यानमा अनुसन्धान

समतामा शंकास्पद मृत्यु: उत्तम सञ्जेल पत्नीसहित तीनविरुद्ध कर्तब्य ज्यानमा अनुसन्धान

नेपालखबर
असार ५, २०७६ बिहिबार १५:२४,

समता स्कूल तथा अस्पतालका संस्थापक उत्तम सञ्जेललाइ प्रहरीले छाडेको छ। बाैद्धस्थित समता अस्पतालमा मंगलबार बिमला तामाङको शंकास्पद मृत्यु भएपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले सञ्जेल श्रीमती कलासहित तीनजनालाई हिरासतमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ। रामेछाप दोरम्बाकी बिमला झुण्डिएको अवस्थामा अस्पतालमा फेला परेकी थिइन्। उनको हत्या गरिएको आफन्त तथा स्थानीयको आरोप छ।

बिहीबार मृतक बिमलाका श्रीमान् बुद्धिराज योञ्जनले हत्या भएको किटानी जाहेरी प्रहरीमा दिएका छन्। प्रहरीले अस्पताल कर्मचारी पृथकुमारी श्रेष्ठ र संगीता केसीलाई हिरासतमा लिएर कर्तव्य ज्यानमा अनुसन्धान अघि बढाएको छ।

दुवैबिरुद्ध अभद्र ब्यवहारमा बुधबार नै म्याद थप भए पनि अब कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

प्रहरीले मृतक बिमलाको खल्तीमा भेटिएको ‘सुसाईड नोट’ परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको छ। त्यसको रिपोर्ट आउन बाँकी छ।

‘किटानी जाहेरीका आधारमा तीन जनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालखबरसँग भने ‘उत्तम सञ्जेललाई सुरक्षाका लागि ल्याएका थियौं अहिले छोडिसकिएको छ। घरमा हुनुहोला।’ अनुसन्धान दायरामा रहेकी सञ्जेल श्रीमती ६ महिनाकी गर्भवती भएकाले उनलाइ प्रहरी रोहबरमा अस्पतालमा राखिएको छ।

प्रहरीले मंगलबार समता स्कूल एवं अस्पतालका संस्थापक उत्तम सञ्जेललाई श्रीमतीसहित गौशाला प्रहरी रोहबरमा राखेको थियो। युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै नातेदार तथा स्थानीयले छानबिन माग गरेपछि प्रहरीले दुवैलाइ नियन्त्रणमा लिएको थियो।

‘बिमलाको खल्तीमा भेटिएको सुसाइड नोटमा दुईजनाको नाम र म्याडम भनेर सम्बोधन गरिएको छ’, एसएसपी सुवेदीले भने ‘हामी पोष्टमार्टम रिर्पोट पर्खदैछौं।’

अनुसन्धान अधिकारीकाअनुसार बिमलाका सम्बन्धमा अस्पताल कर्मचारीले श्रीमानलाई गरेको फोन, घटनास्थल र प्रकृति मुचुल्का समेतले उनको मृत्यु स्वभाविक देखिएको छैन।

काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत बिमलाको शव मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेको थियो। उनी अस्पतालमा दुई महिना अघिमात्र सफाइ कर्मचारी नियुक्त भएकी थिइन्। अस्पतालको प्रशासनिक काम पक्राउ परेका तीनजनाले हेर्ने गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad