ad ad

समाज


पाल्पा बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत

पाल्पा बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत

सुदीप भण्डारी
पुस १८, २०७८ आइतबार १५:५०, काठमाडौँ

पाल्पाको लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ३ जनाको नाम खुलेको छ।

बुटवल १७ रानीगञ्जका ६७ वर्षीय वीरवहादुर विकको शव अन्तिम संस्कारको लागि गुल्मीको रिडी लैजाँदै गर्दा पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लघुवामा दुर्घटना भएको हो।

लु १ ख ७२७९ नम्बरको मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये अर्घाखाँची मालारानी गाउँपालिका २ का २७ वर्षीय भोजेन्द्र विक, सोही ठाउँका २५ वर्षीय शंकर विक र बुटवल १७ का ४० वर्षीय खुमबहादुर रानाको सनाखत भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा आइतबार विहान सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा ७ जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाइते छन्। मृतक सबै पुरुष हुन् भने घाइतेमध्ये एक जना महिला छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .