समाज


निहारिकाको छोरा र शिवराजको डीएनए परीक्षण, रिपोर्ट आउन बाँकी

निहारिकाको छोरा र शिवराजको डीएनए परीक्षण, रिपोर्ट आउन बाँकी

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १६:३२, काठमाडौँ

निहारिका राजपुत प्रकरणमा जोडिएका शिवराज श्रेष्ठ र निहारिकाको छोराको डीएनए परीक्षण गरिएको छ। 

केही दिनअघि उच्च अदालत जनकपुरको आदेशअनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा दुवै जनाको डीएनए परीक्षण गरिएको हो। 

यसको रिपोर्ट भने आउन बाँकी छ। 

लामो समयदेखि निहारिका राजपुतले आफ्नो छोरा शिवराज श्रेष्ठको भएको भन्दै डीएनए परीक्षण गर्नुपर्ने माग गर्दै आएकी छिन्। यसै क्रममा उनी पछिल्लो समय काठमाडौंमा धर्ना बस्नेदेखि आत्मदाहसम्मको प्रयास गरेकी थिइन्। 

निहारिकाले आरोपित गरेका शिवराज श्रेष्ठलाई प्रहरीले यही बीचमा साउन ३१ गते पक्राउ समेत गरेको थियो। उनी २४ दिन प्रहरी हिरासत बसेर छुटिसकेका छन्। 

जिल्ला प्रशासन कार्यालय धनुषाले १ हजार धरौटीमा उनलाई छाडेको थियो। सोलगत्तै उनी डीएनएका लागि उच्च अदालत जनकपुरमा भदौ २३ मा उपस्थित भएका थिए। तर अदालतले अब डीएनए परीक्षण प्रक्रिया उच्च सरकारी वकिल कार्यालयबाटै हुने भन्दै उतै पठाइदिएको थियो। 

सोहीअनुसार उनको डीएनए परीक्षण गरिएको हो। 

थप समाचार -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .