समाज


प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, हेलिकोप्टर फर्कियो

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, हेलिकोप्टर फर्कियो

फाइल तस्बिर


नेपालखबर
माघ १, २०७९ आइतबार १४:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द भएको छ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले यसबारे जानकारी दिएका हुन्। 

स्रोतका अनुसार कास्कीस्थित सुरक्षानिकायले सुरक्षामा चुनौती हुने बताएपछि प्रचण्डको पोखरा जाने कार्यक्रम रोकिएको हो।

'भीआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम रद्द गरिएको छ', मल्लले भनेका छन्। 

आइतबार बिहान यति एयरको विमानस्थल दुर्घटना भएपछि त्यसबारे थप बुझ्न प्रधानमन्त्री आफैं पोखरा जान लागेका थिए। 

गृहमन्त्री रवि लामिछाने र भाैतिक पूर्वाधार तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठलाई लिएर पोखरा जाने प्रचण्डको कार्यक्रम बालुवाटारमा हेलिकोप्टर स्ट्यान्डबाइ रहेका बेला रद्द भएको हो। 

प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् बैठक सकिनेबित्तिकै प्रधानमन्त्री प्रचण्ड पोखरा जाने जनाएको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको थियो। त्यसले ५ सदस्यीय जाँचबुझ आयोग बनाएको छ भने भोलि शोक मनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad