काठमाडौंबाट पोखरा जाने क्रममा सेती खोंचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजबाट ६२ जनाको शव निकालिएको छ।
कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ उक्त जहाज दुर्घटनामा परेको क्षेत्रबाट ६२ वटा शव सेती नदीको खोंचबाट निकालिएको नेपाली सेनाका प्रवक्ता, सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
उनका अनुसार २९ जनाको शव पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा पुर्याइएको छ।
त्यसैगरी अन्य ३३ जनाको सेती खोंचमाथि निकालेर अस्पताल पठाउने तयारी भएको छ। उनका अनुसार जहाज खसेर सेती किनारको अफ्ठ्यारो खोंचमै पुगेकाले उद्धारमा कठिनाइ भएको छ।
माघ १, २०७९, आइतबार
132
Shares
प्रतिक्रिया