समाज


अलकत्रा उद्योगको असरले पशुचौपाया मरेको भन्दै तोडफोड

अलकत्रा उद्योगको असरले पशुचौपाया मरेको भन्दै तोडफोड

नेपालखबर
चैत १९, २०७९ आइतबार १३:३, काठमाडौँ

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेस्टमेन्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ। 

समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नगर्दा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानीयहरू बताउँछन्।

मापदण्डविपरीत समुदायको बीचमा अलकत्र पगाल्न थालेपछि स्थानीयहरू आक्रोशित भएका छन्। गाँउघरमा भएका पशुचौपाय मर्ने र बाललबालिकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन्।

उद्योग तोडफोडको आरोपमा इलाका प्रहरी कार्यलय उर्लावारीले स्थानीय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडेपनि मनोज लिम्बू र सन्तोष लिम्बू भने ईलाका प्रहरी कार्यलय उर्लावारीको नियन्त्रणमा छन्।

यता उद्योग रेखदेख गर्दै आएका इन्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्नेगरी उद्योग सञ्चालन गरेको दाबी गरे। तर पनि स्थानीय युवा आएर तोडफोड गरेको उनको भनाइ छ।

तर उद्योग समुदायबाट ३ किलोमिटर टाढै हुनुपर्ने मापदण्ड भए पनि त्यो कार्यान्वयन नभएको पाइएको छ। 

पटकपटक विरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ। स्थानीय, जनप्रतिनिधि र निमार्ण पक्षबीच समुदायलाई असर गर्नेगरी उद्योग सञ्चालन नगर्ने सहमति भएपनि सहमति कार्यान्वयन हुन सकेको छैन। 

उद्योगबाट निस्कने धुँवाले गाँउमा रहेका मानिस मात्रै नभई जनावरलाई समेत असर परेको गुनासो स्थानीयको छ। स्थानीयहरू फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालीकाको आँखा सुन्निने तथा खोकी लाग्ने जस्ता समस्या देखापरेको बताउँछन्।

उद्योगको अध्ययन गरेर मापदण्डविपरीत सञ्चालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनैपनि उद्योग सञ्चालनमा रोक लागउने उर्लावारी नगरपालीका वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .