ad ad

समाज


मेयर बालेन्द्र शाहले कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा

मेयर बालेन्द्र शाहले कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा

नेपालखबर
जेठ २५, २०८० बिहिबार १४:२, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलसहितको नक्सासहितको तस्बिर शाहले आफ्नो कार्यकक्षमा राखेका हुन्।

शाहको सचिवालयका अनुसार केही दिनअघि उक्त नक्सा राखिएको हो।

भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको तस्बिर राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ।

भारतको संसद्मा नेपालको भूगोलसहितको नक्सा राखिएकोबारेमा संघीय सरकारले बोल्न नसकिरहेका बेला मेयर शाहले ग्रेटर नेपालको नक्सा राखेका हुन्।

भारतीय संसद्मा राखिएको नक्सबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका अधिकारीहरुसँग कुरा गरेको बताएका थिए।

तर परराष्ट्रमन्त्री एनपी साउदले भारतीय टेलिभिजन आजतकसँगको कुराकानीका क्रममा आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको जवाफ दिएका थिए।

उता छिमेकी बंगलादेशले आफ्नो भूगोलसहितको नक्सा राखिएको विषयमा भारत सरकारसँग स्पष्टीकरण सोधिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .