समाज


सबै प्रदेशमा पानी पर्ने, तीनवटामा भारी वर्षा पनि हुने सम्भावना

सबै प्रदेशमा पानी पर्ने, तीनवटामा भारी वर्षा पनि हुने सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
साउन २९, २०८१ मंगलबार १९:२७, काठमाडौँ

हाल देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) छ।

कोसी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज (मंगलबार) राति पनि देशभर मौसम साधारणतया बदली रहने छ।

यस क्रममा कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad