समाज


काठमाडौँमा उपचाररत बाजुराका क्यान्सरपीडितलाई सेवा समाजको सहयोग

काठमाडौँमा उपचाररत बाजुराका क्यान्सरपीडितलाई सेवा समाजको सहयोग

सेवा समाजको टिम


नेपालखबर
माघ १९, २०८१ शनिबार ११:४, काठमाडौँ

काठमाडौँमा उपचाररत बाजुराका एक क्यान्सरपीडित बिरामीलाई सामाजिक संस्था सेवा समाजले आर्थिक सहयोग गरेको छ।

महाराजगन्जस्थित सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रमा आन्द्राको क्यान्सर उपचार गराइरहेका बाजुराको बडीमालिका नगरपालिका वडा नं ९ का ४८ वर्षीय गोरख थापालाई उक्त समाजले ५० हजार रुपैयाँ सहयोग गरेको हो।

समाजका उपाध्यक्ष अधिवक्ता गोपिकृष्ण थापाको अगुवाइमा सहयोग रकम संकलन गरिएको थियो। जसमा थापासहित १६ जनाले सहयोग गरेका छन्।

सहयोगदाताहरूमा तेजप्रसाद निरौला, गणेश राय यादव, निरज थापा, फुर्पा लामा, शारदा खनाल, सीमा सुवेदी, प्रतिमा कार्की, मौसम कार्की, मोहन अधिकारी, मुना लामा, रेसक्लुस तिमल्सिना, अन्जान लामा, मञ्जु तामङ गुरुङ, राजन अधिकारी, भीमसेन सापकोटा, शेरबहादुर परियारलगायत छन्।

महाराजगन्जस्थित सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रमा उपचाररत गोरख थापा

थापा भारतको गुजरातमा ज्याला मजदुरी गरिरहेका बेला बिरामी परेका थिए। गत वैशाखमा क्यान्सर पत्ता लागेपछि उपचारका लागि आर्थिक अभाव हुँदा उनलाई नेपाल ल्याइएको थियो।

अहिले उनको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा किमोथेरापी चलिरहेको उनका छोरा नरेन्द्र थापाले जानकारी दिए। बिरामी नेपाल ल्याउन र सुरुवाती जाँचपड्ताल गर्न सँगै पढ्ने साथीहरूले सहयोग गरेको उनको भनाइ छ।

हाल भक्तपुरमा डेरा गरी बस्दै आएको थापा परिवारलाई महँगो औषधी र लामो समयको राजधानी बसाइँका कारण आर्थिक व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। 

बिरामीको उपचारका लागि छोरा नरेन्द्र थापाको प्रभु बैंक, कीर्तिपुर शाखाको खाता नं १७५०२६०७६६२०००१५ मा सहयोग गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad